दफा १६३
नोक्सानी बिगो भराउने
 कुनै कम्पनीको सञ्चालक, पदाधिकारी वा कुनै व्यक्तिले यस ऐनमा लेखिए बमोजिम कुनै सजाय हुने कसूर गरी वा यस ऐन वा प्रबन्धपत्र वा नियमावली वा सर्वसम्मत सम्झौतामा गरिएको कुनै व्यवस्थाको उल्लङ्घन गरी कम्पनी वा शेयरधनी वा साहू वा अरु कुनै व्यक्तिलाई कुनै हानि, नोक्सानी पु¥याएमा मर्का पर्ने कम्पनी, शेयरधनी, साहू वा कुनै व्यक्तिले नोक्सानीको बिगो भराई लिन पाउनेछ । यस्तो नोक्सानीको बिगो निजले आफ्नो घर घरानाबाट व्यहोर्नु पर्नेछ ।